५ साउन दोहा,कतार । नेवा पुच : कतारले १४ औ स्थापना दिबस तथा शुभकामना आदान प्रदान साथै बिबिध सांस्कृतिक कार्यक्रम -२०२५ आयोजना गर्ने भएको छ।
आफ्नो पन आफ्नो पहिचानको लागी नेवारी एकता,भाषा भेषभुषा र संस्कृतिको संरक्षण आजको आवश्यकताू भन्ने मूल नारा सहित २०११ बाट सुरु भएको नेवा पुच : कतारको १४ औ स्थापना दिवस तथा साँस्कृतिक कार्यक्रम कतारको सनैया स्थित प्लाजा मल स्थित वेयल फेयर रेष्टुरेन्टको सभाहलमा आउने २५ जुलाई २०२५ शुक्रबार दिनको ठिक १२ बजे देखि सुरु हुने नेवा पुच कतारले जनाएको छ।
दोहा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थाहरु , समाजसेवीहरु , बुद्धिजीवीहरु , व्यवसायीहरु, पत्रकारहरु लगायत कतारमा कार्यरत रहनु भएका सम्पुर्ण कतार बासि नेवार तथा गैर नेवार दाजु भाइ तथा दिदी बहिनिहरु सम्पुर्णमा उपस्थितिको लागि नेवा पुच : कतारले हार्दिक निमन्त्रणा गरेको छ।