६ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग वाईसीएल ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाउने काम आज सुरु गरेको छ । ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा आज बिहान तटबन्ध लगाउने काम गरेको हो ।
अभियानमा वाईसीएल नेपाल भक्तपुर र काठमाडौँको सहकार्य रहेको छ । वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुवान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको वाईसीएलका केन्द्रिय सचिव धिरज उपरकोटीले बताए ।

कार्यक्रममा सहभागी हुँदै माओवादीका उपमहासचिव तथा युवा संगठनका संयोजक शक्ति बस्नेतले जनतासँग सम्बन्ध र सहकार्यलाई बलियो बनाउने अभियान जारी राखेकाले त्यसै अभियान अन्तर्गत नै वाईसीएल नेपालले श्रम र उत्पादनमा जोड्ने काम गरिरहेको बताए ।
त्यही अभियान अन्तर्गत वाईसीएल नेपाल श्रम र उत्पादनमा जोडिने काम गरिरहेको छ । देशव्यापी रूपमा श्रम र उत्पादनसम्बन्धी अभियान चलिराखेको छ । वाईसीएलले साउन १ गतेदेखि देशभर श्रम र उत्पादन अभियान सञ्चालन गरेको छ ।
