७ साउन काठमाडौँ । सिरानचोक गाउँपालिका–८ जौबारीका १ जना पुरुष हराएको १० दिन पछी मृत फेला परेको छ ।मृत फेला पर्ने ब्यत्ती जौबारी घर भई संघिय राजधानी काठमाडौं बस्दै आएका ४२ बर्षका प्रसान्त सिलवाल हुन् ।
सिलवाल गएको असार २८ गतेदेखी घर र आफन्तबाट सम्पर्क बिहीन भएको उनका आफन्तले जानकारी दिएको हो ।सिलवालको शव नवलपुर जिल्लाको त्रिवेणी नदीमा रहेको बाँधमा हिजो मंगलबार फेला परेको पनि आफन्तहरुले बताए ।राजधानीमा ब्यवसाय गदै आएका उनी किन बेपत्ता भए र कसरी बाँधमा फेला पर्यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
सिलवालको हिजै डण्डामा रहेको मध्य बिन्दु अस्पतालमा पोष्ट मार्टम लगत्तै चिवतनको देवघाटमा धर्म संस्कृती अनुसार अन्त्यष्टी गरिएको उनका आफन्तजनले जानकारी दिएको हो ।