९ साउन काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । हिजो बजारमा सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । आज अर्थात शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।