Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङटारका रविन आचार्य ६५ लाख भन्दा बढी ठगीको आरोपमा पक्राउ

पालुङटारका रविन आचार्य ६५ लाख भन्दा बढी ठगीको आरोपमा पक्राउ

जोईन खबर

११, श्रावण २०८२
  • 718
    SHARES
  • पालुङटारका रविन आचार्य ६५ लाख भन्दा बढी ठगीको आरोपमा पक्राउ

    ११ साउन काठमाडौँ । वैदेशिक रोजगारी क्यानडा पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको आरोपमा गोरखाका एक जना पक्राउ परेका छन्। क्यानडा जसतो देशमा आकर्षक तलब र खाना बस्न पनि फिरि भन्दै प्रलोभन देखाई लाखौ रुपैया ठगीमा काठमाडौँ बाट पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा न –२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका वडा न –५ बसोबास  गर्दै आएका  ३७ वर्षीय रविन आचार्य पक्राउ परेका प्रहरीले जानकारी दिए ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित सामाखुशीबाट शुक्रबार पक्राउ गरेको हो।आचार्यले दुई जना पीडितबाट क्यानडा पठाइदिन्छु भनी ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ। रकम लिएको केही समयपछि उनी पीडितहरूसँग सम्पर्कविहीन भएका थिए।

    images
    images
    images

    पीडितहरूले प्रहरीमा उजुरी को आधारमा पक्राउ गरिएको हो।पक्राउ परेका आचार्यलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।आचार्य यसअघि गण्डकी प्रदेशका पुर्वमन्त्री हरिशरण आचार्यको सचिवालयमा समेत काम गरेको खुलेको छ । पुर्वमन्त्री आचार्य मन्त्री हुदा उनले रविन आचार्यको नाम म्यानपाउर कम्पनि दर्ता गरेर चलाउदै आएका थिए । 

    प्रकाशित मिति :श्रावण ११, २०८२ आइतवार - १०:४९:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको