Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जडीबुटीबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख भन्दा बढी राजस्व संकलन

जडीबुटीबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख भन्दा बढी राजस्व संकलन

जोईन खबर

१६, श्रावण २०८२
  • 586
    SHARES
  • जडीबुटीबाट  गोरखामा गत आर्थिक वर्षमा रु २० लाख भन्दा बढी राजस्व संकलन

    १६ साउन काठमाडौँ । जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ। गत आव विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।

    images

    मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व संकलन भएको जनाएको छ ।

    images
    images
    images

    गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट रु १० लाख ८९ हजार ८९० राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व संकलन गरिएको हो । 

    प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - १२:२६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको