१६ साउन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोट पाल्खु बजारमा रहेको भिमसेन मन्दिर अङ्कित हुलाक टिकट आज सार्वजनिक भएको छ । काठमाडौंको बबरमहलस्थित हुलाक सेवा विभाग ले आज एक विशेष समारोहका बीचमा सार्वजानिक गरेको हो ।
यस समारोहमा सूचना तथा सञ्चार मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा ऐतिहासिक महत्व बोकेको भिमसेन मन्दिर अङ्कित हुलाक टिकट सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव हुलाक सेवा विभागका महानिर्देशक डिजी, अन्य मन्त्रालयका सहसचिवहरू तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको ताकुकोटका स्थानिय तथा युवा नेता धिरज उपरकोटीले जानकारी दिए।

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नं.६ ताकुकोटस्थित पाल्खुमा रहेको १८०० वर्ष पुरानो भिमसेन मन्दिर भित्रको ऐतिहासिक घण्टीबारे पुरातत्व विभागले अनुसन्धान गर्दा महत्वपूर्ण प्रमाणहरू फेला परेको पनि जानकारी गरा ।

यसैको आधारमा बारपाक सुलिकोट गाउँपालिकाको पहलमा नेपाल सरकारले भिमसेन मन्दिर अङ्कित हुलाक टिकट जारी गरेको हो।यस ऐतिहासिक कार्यबाट बारपाक सुलिकोट गाउँपालिकाको सांस्कृतिक र ऐतिहासिक पहिचान नेपालभर र अन्तर्राष्ट्रियस्तरमा उजागर हुने अपेक्षा गरीएको छ। यस आज गरिएको कार्यक्रम बारपाक सुलिकोट गाउँपालिका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद भट्ट तथा ताकुकोटबाट काठमाडौँ आएर बस्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

