Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कुराशमा प्रशान्तलाई कांस्य

कुराशमा प्रशान्तलाई कांस्य

जोईन खबर

१८, श्रावण २०८२
  • 667
    SHARES
  • कुराशमा प्रशान्तलाई कांस्य

    १८ साउन काठमाडौँ नेपाली खेलाडी प्रशान्त राईले  एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी  प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ ।

    images

    प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए ।एसियाली कुराश महासंघको आयोजनामा जुलाइ ३० तारिखदेखि सुरु भइ अगष्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेईं), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।नेपालबाट २ खेलाडी सहभागी छन् । नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।

    images
    images
    images

    एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा  कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन् ।प्रतियोगिताका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - १७:११:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको