२० साउन काठमाडौँ । भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भने नेकपा एकीकृत समाजवादी साँच्चिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्याउँछ भनेर साथ दिएँ तर मैले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले पार्टीको साधारण सदस्य पनि नरहने गरे पार्टी परित्याग गरेको जानकारी गराउँछु ।
’कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेकी हुन ।