Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा ताकुकोट सेवा समाज काठमाडौंद्वारा ताकुकोटको नेवार गुठीलाई बाद्यबादन सामग्री हस्तान्तरण

गोरखा ताकुकोट सेवा समाज काठमाडौंद्वारा ताकुकोटको नेवार गुठीलाई बाद्यबादन सामग्री हस्तान्तरण

जोईन खबर

२३, श्रावण २०८२
  • 1.2K
    SHARES
  • गोरखा ताकुकोट सेवा समाज काठमाडौंद्वारा ताकुकोटको  नेवार गुठीलाई बाद्यबादन सामग्री हस्तान्तरण

    २३ साउन काठमाडौँ । गोरखा(ताकुकोट सेवासमाज काठमाडौंले ताकुकोटको तीन वटा नेवार गुठीलाई बाद्यबादन सामग्री हस्तान्तरण  गरेको छ ।  गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न –६ ताकुकोटमा गाईजात्रा पर्वको अवसरमा परम्परागत बाद्यबादन सामग्री हस्तान्तरण गरेको छ।

    images

     

    images
    images
    images

    91.jpg

    भिमसेन गुठी पाल्खु

    सांस्कृतिक संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस संस्थाका अध्यक्ष अनुप श्रेष्ठ, पूर्व अध्यक्ष रेशमलाल श्रेष्ठ, महासचिव धिरज उपरकोटी, महिला विभाग प्रमुख चिनु सुबेदी, गाउँ समन्वय प्रमुख इन्दिरा भट्ट  गाउँपालिका जनप्रतिनिधिहरू तथा  कार्यपालिका सदस्य जित बहादुर नेपाली, वडा न ६ का वडा सदस्य सावित्री श्रेष्ठ, वडा सदस्य चन्द्र कुमार श्रेष्ठसहितको उपस्थितिमा बुधबार एक कार्यक्रम बिच हस्तान्तरण गरिएको संस्थाका महासचिव धिरज उपरकोटीले जानकारी दिनु भयो ।

    92.jpgभवानी गुठी भञ्ज्याङ

    यस गोरखा ताकुकोट सेवा समाज काठमाडौँले ताकुकोट वासीका लागि विभिन्न सहयोग तथा बिधार्थी सम्मान लगायत आर्थिक सहयोग जस्ता कामहरु गर्दै आएको छ । यस संस्थाले ताकुकोटमा रहेको भवानी गुठी भञ्ज्याङ, भिमसेन गुठी पाल्खु, र माईकोट भिमसेन गुठी गरी तीनवटा गुठीहरूलाई परम्परागत बाजागाजा—ढोलकी, मादल, झ्याली, झुर्मा, घन्टी, करूवा आदि एक(एक सेट हस्तान्तरण गरिएको  संस्थाका अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो । संस्थाले यस कदममार्फत आफ्ना मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्दै स्थानीय समुदायको सहभागिता र उत्साहलाई बढाउने अपेक्षा लिएको छ।

    94.jpg

    माईकोट भिमसेन गुठी

     

    प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - १६:२०:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको