२९ साउन काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।
आज दिउँसो करिब २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । उक्त ढुङ्गाले लागेर तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । भारतीय के ए ४३६८५६ नम्बरको ट्रकमा ढुङ्गा खसेको हो । तुइन खोलाको पहाडबाट यस अगाडि पनि दर्जन पटक ढुङ्गा खसेको छ।