Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा ताकुकोट सेवा समाज काठमाडौँ द्वारा भदौ ४ गते तिज विशेष कार्यक्रम

गोरखा ताकुकोट सेवा समाज काठमाडौँ द्वारा भदौ ४ गते तिज विशेष कार्यक्रम

जोईन खबर

२, भाद्र २०८२
  • 1.2K
    SHARES
  • गोरखा ताकुकोट सेवा समाज काठमाडौँ द्वारा भदौ ४ गते तिज  विशेष  कार्यक्रम

    २ भदौ काठमाडौँ ।  गोरखा ताकुकोट  सेवा समाज काठमाडौँले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गएको शनिबार गोरखा ताकुकोट सेवा समाज काठमाडौँको कार्यालयमा बसेको बैठकले आउदो  भाद्र ४ गते चेलीबेटीहरु लाई दर खुवाउने कार्यक्रम आयोजना तयारी गरेको  गोराखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनु भयो । नेपाली मौलिक तीज गीत तथा कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले तीज विशेष नाचगान सगैं रमाईलो कार्यक्रम र दर खाने कार्यक्रममा राष्ट्रियस्तरका लोक तथा दोहोरी गायक गायिकाहरुको समेत उपस्थितिमा तिज कार्यक्रम हुन लागेको संस्थाका महासचिव धिरज उपरकोटीले बताउनु भयो ।

    images

    बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोट स्थायी घर भई हाल अहिले  काठमाडौं आएर काठमाडौंमा सहित अन्य स्थानहरूमा बसोबास गर्नुहुने ,व्यवसाय, अध्ययन तथा जागिर गरिरहनु भएका दिदी–बहिनीहरू दाजुभाइहरू,  गोरखा-ताकुकोट सेवा समाजको आजीवन सदस्यहरु, ताकुकोट निवासी सम्पूर्णहरु बीच भेटघाट, आपसी सम्बन्ध मजबुत बनाउने र संस्कृतिको संरक्षण गर्ने। वर्षौँदेखि भेटघाट नभएका दिदी–बहिनी तथा दाजुभाइहरूलाई आत्मीयतापूर्वक एकै थलोमा  सुख दुख साटासाट गर्ने अवसर समेत रहेकाले सबैलाई कार्यक्रममा उपस्थिति भई भव्य रुपमा रमाईलो गर्न संस्थाले जनाएकाे छ ।  भदाै ४ गते हुने कार्यक्रम राष्ट्रिय  लाेक तथा दाेहाेरी गायक सञ्जय गुरूङ्ग,सागर गुरूङ्ग र गायिका कला गुरूङ्ग,रेजिना परियार,बेलिमाया गाेर्खाली लगायतकाे बेजाेड प्रस्तृति हुने संस्थाका सचिव हाेम नारायण श्रेष्ठले बताउनु भयाे ।  

    images
    images
    images

    संस्थाका उपाध्यक्ष राजन बाबु श्रेष्ठका अनुसार भदौ ४ गते बुधबार काठमाडौँको खरिबोटमा मर्दश बैंक्वयमा बिहान  १०:०० देखि बेलुका ५:०० सम्म कार्यक्रम आयोजना गर्न लागिएको  बताउनु भयो ।  कुनै पनि कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन आर्थिक पाटो पनि जोडिने गर्दछ। यस संस्थाले उक्त कार्यक्रममा प्रतिव्यक्ती महिला दिदि बहिनीबाट रु ५०० का दरले लिने निर्णय गरेको छ । संस्थाले महिला दिदि बहिनीहरुको दर खुवाउने कार्यक्रमका लागि  अन्य पुरुष साथिहरुलाई पनि सम्भव भएसम्म आर्थिक सहयोगको पक्षमा जोडिन आग्रह गरेका छन्। समग्र गोरखा ताकुकोट सेवा समाज काठमाडौँले दिदीबहिनीहरु हाम्रा चेलीबेटीहरु भएकाले सबैजना पुरुष दाजुभाई अनि अग्रजवर्गहरुलाई जति सकिन्छ त्यति आर्थिक सहयोग गर्नुहुन हार्दिक अनुरोध  समेत संसथाले गरेको छ ।

    शनिबार बसेको बैठकले  गोरखा ताकुकोट सेवा समाज काठमाडौँको महिला विभागकी संयोजक चिनु सुवेदीका संयोजकमा सदस्यहरु नानु वेलबासे (हिरा),विष्णु श्रेष्ठ,गिता पनेरू,निर्मला धिताल, बिनीता थापा भण्डारी,बिमला श्रेष्ठ,भगवती बस्ताकोटी,विष्णु सुवेदी,मिश्री श्रेष्ठ,कोपिला अमगाई लगायतलाई तिज विशेष कार्यक्रमको व्यवस्थापनको लागि जिम्मेवारी  दिएको छ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष  अनुप श्रेष्ठको नेतृत्वमा बसेको बैठकले कार्यक्रम यस्तो निर्णय गरेको हो। उक्त संस्थाले उक्त कार्यक्रमका दिन यस संस्थाको आजीवन सदस्य तथा साधारण सदस्यहरु बन्न इच्छुक व्यक्तिहरुले संस्थाका कार्यसमिति महासचिव, सचिव,कोषाध्यक्ष,सदस्यहरुलाई सम्पर्क गर्ने संसथाले एक सूचना जारी गरेको छ । यस संस्थाले स्थापना काल देखि विभिन्न कार्यक्रम गर्दै आए पनि तिज विशेष कार्यक्रम भने यो बर्ष देखि सुरु गर्न लागेको हो । यस कार्यक्रमलाई भव्य र सव्य बनाउ सबै ताकुकोटहरुले सहयोग गरेर सफल पार्न संस्थाले आग्रह गरेको छ । 

    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - १२:०१:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको