२ भदौ दोहा कतार । नेपाली महिला समाज कतारले हरेक वर्ष जस्तै यो पटक पनि नेपाली महिलाहरुको विशेष पर्व “हरितालिका तिज” को अवसरमा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिकाहरु टीका पुन र रेजिना परियार कतार जाने भएका छन्।
नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा स्थानिय कलाकारहरुको प्रस्तुति सहित तिज कार्यक्रम हुने भएको छ।
कार्यक्रम यहि आउदो २२ अगस्ट शुक्रवारको दिन अल लक्तामा रहेको ट्युनिसियन स्कुलमा बिहान ११ ४५ बजे बाट सुरू हुने आयोजकले जनाएको छ।कार्यक्रममा सहभागी हुन सम्पूर्ण कतारमा रहनु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनी हरूमा नेपाली महिला समाज कतारले हार्दिक अनुरोध गरेको छ।