२ भदौ काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन्।मोदीको निम्तोपत्र लिएर आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए ।
उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।उक्त भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।
सोमबार मिश्री नेपाल भ्रमण सकेर दिल्ली फर्किएपछि नेपालस्थित भारतीय दूतावासले निकालेको विज्ञप्तीमा मोदीले ओलीलाई दुवै पक्षको अनुकूल हुनेगरी भारत भ्रमण गर्न निम्तो दिएका छन् । नेपाल र भारत दुवै पक्षले सार्वजनिक गरिसकेका छैनन् ।
विदेश सचिवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।