४ भदौ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बुधबार सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँमा र मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा ४५ रूपैयाँले घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३७.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।