Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पारा खेलकुदलाई प्राथमितामा दिएका छौं– सदस्य–सचिव घिसिङ

पारा खेलकुदलाई प्राथमितामा दिएका छौं– सदस्य–सचिव घिसिङ

जोईन खबर

४, भाद्र २०८२
  • 625
    SHARES
  • पारा खेलकुदलाई प्राथमितामा दिएका छौं– सदस्य–सचिव घिसिङ

    ४ भदौ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन् ।अमेरिकाबाट “स्पोट्र्स डिप्लोमेसी–स्पोट्र्स फर सोसल चेन्ज” कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा आएका १२ जना प्रतिनिधि मण्डलसंगको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

    images

    त्यसअघि टोलीलाई सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक ओलम्पियन दीपक बिष्ट, राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्यालले टोलीलाई स्वागत गरेका थिए ।

    images
    images
    images

    सो अवसरमा नेपालमा एडप्टिभ स्पोट्स प्रवद्र्धन र खेल आदान–प्रदानका सम्भावना बारे अन्तरक्रिया भएको थियो ।कार्यक्रमका स्थानीय साझेदार तथा बि.आई.ए. इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुङ्गानाले आदान–प्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।

     

    प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - २२:४४:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको