६ भदौँ काठमाडौँ । सुलिकोट स्वाँरा एकता सेवा समाज काठमाडौँले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गएको हप्ता कार्यालयमा बसेको बैठकले आउदो भाद्र ७ गते शनिवारका दिन चेलीबेटीहरु लाई दर खुवाउने कार्यक्रम आयोजना तयारी गरेको सुलिकोट स्वाँरा एकता समाज काठमाडौँका अध्यक्ष ज्ञान बहादुर गुरुङले जानकारी दिनु भयो । नेपाली मौलिक तीज गीत तथा कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले तीज विशेष नाचगान सगैं रमाईलो कार्यक्रम र दर खाने कार्यक्रममा कलाकारहरु राईन बस्याल,राम बहादुर सुनार, सुष्मा सुनार र अन्य स्वाँरा बासी दिदिबहिनीहरुको समेत वेजोड प्रस्तुती रहने सचिव मिन बहादुर तामाङले बताउनु भयो ।
बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वाँरामा स्थायी घर भई हाल अहिले काठमाडौं आएर बसोबास गर्नुहुने ,व्यवसाय, अध्ययन तथा जागिर गरिरहनु भएका दिदी–बहिनीहरू दाजुभाइहरू र सुलिकोट स्वाँरा एकता समाज काठमाडौँका आजीवन सदस्यहरु, स्वाँरा निवासी सम्पूर्णहरु बीच भेटघाट, आपसी सम्बन्ध मजबुत बनाउने र संस्कृतिको संरक्षण गर्ने। वर्षौँदेखि भेटघाट नभएका दिदी–बहिनी तथा दाजुभाइहरूलाई आत्मीयतापूर्वक एकै थलोमा सुख दुख साटासाट गर्ने अवसर समेत रहेकाले सबैलाई कार्यक्रममा उपस्थिति भई भव्य रुपमा रमाईलो गर्न संस्थाले जनाएको छ । भोली भदौ ७ गते हुने तिज विशेष कार्यक्रम अध्यक्षता ज्ञान बहादुर गुरुङ र प्रमुख अथिति पूर्व माननीय प्रदेश सभासंसाद प्रशका चन्द्र दवाडी, विशेष अथिति तमु युवा संघका केन्द्रिय उपाध्यक्ष प्रमिला गुरुङ र अरू विभिन्न् व्यक्तीहरू सहभागि हुने छन्र । संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङका अनुसार भोली भदौ ७ गते शनिबार काठमाडौँको सामखुशी चोक नजिकै रहेको आत्मा ज्ञानको बर्गर हाउसमा बिहान ११:०० देखि बेलुका ६:०० बजे सम्म कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भयो । यस संस्थामा बसेको बैठकले सुलिकोट स्वाँरा एकता समाज काठमाडौँको महिला विभागकी संयोजक बिष्णु कुमारी गुरुङ र सदस्यहरु आसमाया गुरुङ, चन्द्रमाया गुरुङ लगायतलाई तिज विशेष कार्यक्रमको व्यवस्थापनको लागि जिम्मेवारी दिएको छ ।
सुलिकोट स्वाँरा एकता समाज काठमाडौँका अध्यक्ष ज्ञान बहादुर गुरुङको नेतृत्वमा बसेको बैठकले कार्यक्रम यस्तो निर्णय गरेको हो। उक्त संस्थाले उक्त कार्यक्रमका दिन यस संस्थाको आजीवन सदस्य तथा साधारण सदस्यहरु सबैलाई उपस्थिति भई कार्यक्रम रमाईलो गरि सफल पार्न आग्रह गरेका छन् । यस संस्थाले स्थापना काल देखि विभिन्न कार्यक्रम गर्दै आए पनि तिज विशेष कार्यक्रम भने दुई बर्ष अघि देखि निरन्तर गर्दै आएको हो । यस कार्यक्रमलाई भव्य र सव्य बनाउना सबै स्वाँरा बासीहरुले सहयोग गरेर सफल पार्न संस्थाले आग्रह गरेको छ ।