Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा  फुर गेल्जे शेर्पा र सचिवमा चन्दन थापा विजयी

नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा  फुर गेल्जे शेर्पा र सचिवमा चन्दन थापा विजयी

जोईन खबर

८, भाद्र २०८२
  • 3.2K
    SHARES
  • नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा  फुर गेल्जे शेर्पा र सचिवमा चन्दन थापा विजयी

    ८ भदौ काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा  फुर गेल्जे शेर्पा विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै शेर्पाको टिम विजयी भएको हो । यस निर्वाचनबाट उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा फुर नेतृत्वको टिम विजयी भएको हो ।फुर ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् ।फुर नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निकट पर्यटन व्यवसायीहरूका साझा उम्मेदवार हुन् ।

    images

    गुरुङ भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूको तर्फबाट उम्मेदवार बनेका थिए ।वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए ।प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा विजयी भए । उनले ३५९ मत पाए । अर्का प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत पाए । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मत पाए ।

    images
    images
    images

    महासचिव पदमा राजेन्द्रबहादुर लामा विजयी भए । उनले ३१८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत पाए ।  यसैगरी शिव सापकोटाको पक्षमा ६८ मत पर्‍यो ।सचिव पदमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाए । उनीहरुबीच आधा आधा कार्यकाल चलाउने सहमति भएको छ ।सदस्यहरुमा माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) मत पाएका छन् ।

    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - १०:२४:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको