८ भदौ दोहा,कतार । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा नेपाली महिला समाज कतारद्वारा आयोजित रमाइलो तीज कार्यक्रमको साथै विविध सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि नेपालबाट आउनु भएका अतिथी कलाकारहरु लोक तथा दोहोरी गीत गायिकाद्वय रेजिना परियार ज्यु (जन्म घर गोर्खा) र टीका पुन ज्यु (जन्म घर सुर्खेत) लाई गोरखा सेवा समाज कतारले सम्मान गर्ने भएको छ।
गोरखा सेवा समाज कतारले सम्मान तथा भेटघाट कार्यक्रम यहि २४ अगस्ट को दिन फुलबारि रेस्टुरेन्ट को सभाहलमा साँझ ६ बजे गर्ने भएको छ।
उक्त सम्मान कार्यक्रम मा सम्पुर्ण गोर्खाली दाजुभाई तथा दिदी बहिनिहरूलाई उपस्थिति हुन गोरखा सेवा समाज कतारले हार्दिक अनुरोध गरेको छ।