८ भदौ काठमाडौँ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा गएका कमल थापा मगरको मृत्यु भएपछि उनको शव आज बिहान नेपाल ल्याइएको छ। वैदेशिक रोजगारको क्रममा करिब चार वर्षदेखि कोरियामा कार्यरत थापा मगरको केही दिनअघि कोरियामै अकस्मात मृत्यु भएको थियो।
शव आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल ल्याइएको हो। विमानस्थलमा परिवारजन, आफन्त, गाउँले तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो। कमलको शवलाई विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लिएका छन् ।
हाल मृत्युको कारणबारे विस्तृत जानकारी आइसकेको छैन। घटनाबारे कोरियाको प्रहरी तथा नेपाली दूतावासले अनुसन्धान गरिरहेको जनाएको छ। परिवारका अनुसार, कानुनी प्रक्रिया र आवश्यक कागजात पूरा गरेपछि शव नेपाल ल्याउन केही ढिलाइ भएको थियो।कमल थापा मगर रोल्पा जिल्लाका स्थायी बासिन्दा थिए।
उनको असामयिक निधनले गाउँमा शोकको वातावरण छाएको छ। स्थानीय सामाजिक संघसंस्थाले परिवारजनप्रति समवेदना व्यक्त गर्दै सहयोगको पहल थाल्ने जनाएका छन्। उपचारको क्रममा उनको १७ लाख रूपैयाँ खर्च भएको थियो ।