Logo

बिहिवार, कार्तिक १३ गते २०८३

"सिडेन निर्वाचन केन्द्रमा इ. रवि भूषण झा र बागमती प्रदेशमा इ. सुजन भट्ट मैदानमा"

"सिडेन निर्वाचन केन्द्रमा इ. रवि भूषण झा र बागमती प्रदेशमा इ. सुजन भट्ट मैदानमा"

जोईन खबर

८, भाद्र २०८२
  • 1.6K
    SHARES
  • "सिडेन निर्वाचन केन्द्रमा इ. रवि भूषण झा र बागमती प्रदेशमा इ. सुजन भट्ट मैदानमा"

    ८ भदाैँ काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा उम्मेदवारले आफ्नो उपस्थितिलाई सक्रिय बनाउन थालेका छन्। यसै क्रममा सिडेन निर्वाचन केन्द्रमा ई. रवि भूषण झा चुनावी मैदानमा उत्रिएका छन्।

    images

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ -सीडेन_ को आठौँ केन्द्रिय कार्यकारिणी समिति र तेस्रो बागमती प्रदेश कार्यकारिणी समितिका लागि दुई पक्षबिच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ।सभापति शेरबहादुर देउवा पक्षबाट रवि भूषण झाको नेतृत्वमा प्यानल बनाइएको छ।

    images
    images
    images

    झाको प्यानललाई नेता प्रकाशमान सिंह लगायत संस्थापन पक्षको समर्थन रहेको छ।रवि भूषण झाको प्यानलबाट उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्सन शर्मा, उप महासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला उम्मेदवार बनेका छन्।

    साथै बागमती प्रदेश समितीमा सभापति इ. सुजन भट्टको नेतृत्वमा उपसभापती इ.मनिष पन्थ, सचिवमा इ. आशिष थापा, सहसचिवमा इ. राजेश यादव र कोषाध्यक्षमा इ. स्वस्तिका कार्की लगायत उम्मेदवार रहेका छन् ।

    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - १६:१८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको