९ भदौ दोहा,कतार । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा नेपाली महिला समाज कतारद्वारा आयोजित रमाइलो तीज कार्यक्रमको साथै विविध सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि नेपालबाट आउनु भएका अतिथी कलाकारहरु लोक तथा दोहोरी गीत गायिकाद्वय रेजिना परियार र टीका पुन लाई गोरखा सेवा समाज कतार र नेपाल मगर सङ्घ कतारले सम्मान गरेको छ।

हिजो हर्मोसा ब्युटि सैलुनको तिज बिशेष साँगितिक कार्यक्रममा पश्चात् गोरखा सेवा समाज कतार र नेपाल मगर सङ्घ कतारले सम्मान तथा भेटघाट कार्यक्रम गरेको थियो।उक्त सम्मान कार्यक्रम मा सम्पुर्ण गोर्खाली दाजुभाई तथा दिदी बहिनिहरू साथै विभिन्न कतारमा स्थापित सङ्घ सस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

उक्त कार्यक्रममा कतारस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो, जसले नेपाली सांस्कृतिक पहिचान र लोकसंस्कृतिको जगेर्नाका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।गायिका टीका पुनले सम्मानप्रति आभार व्यक्त गर्दै नेपाली गीत–संगीतलाई विश्वभर फैलाउने प्रयासमा निरन्तर लागिरहने बताइन्। यस्तै, रेजिना परियारले पनि विदेशमा नेपाली दर्शकबाट प्राप्त प्रेम र सम्मानले आफूलाई थप प्रेरित बनाएको उल्लेख गरिन्।कार्यक्रम सांगीतिक प्रस्तुतिका साथै साँस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपाली एकताको सन्देश बोकेको उल्लेख गरिएको थियो।