Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु 

बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु 

जोईन खबर

१३, भाद्र २०८२
  • 649
    SHARES
  • बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु 

    १३ भदौ, काठमाडौं । काठमाडौंको जडीबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

    images

    आज बिहान करिब पौने तीन बजेतिर जडीबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

    images
    images
    images

    दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरीष पौडेल र काभ्रेको पाँचखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बस चालक प्रहरी नियन्त्रणमा छन् ।

    प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - १०:४०:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको