Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको ठाँटि पोखरिमामा रक्तदान कार्यक्रम सम्पन्न 

गोरखाको ठाँटि पोखरिमामा रक्तदान कार्यक्रम सम्पन्न 

जोईन खबर

२२, भाद्र २०८२
  • 481
    SHARES
  • गोरखाको ठाँटि पोखरिमामा रक्तदान कार्यक्रम सम्पन्न 

    २२ भदौ काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवसको शुभअवसरमा  भदौ १९ गते बिहिवारको दिन सम्पन्न  गण्डकी प्रदेश समन्वय परिषद कतार, गोरखा सेवा समाज कतार र नेपाल रेडक्रस सोसाइटी पालुङटार उप(शाखाको संयुक्त आयोजनामा साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गोरखाको साथै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, चितवनको प्राविधिक सहयोगमा पालुङटार नगरपालिका वाड नं -५, ठाटी पोखरी समि चौतारा, गोरखामा  रक्तदान -जीवनदान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै वृहत-रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

    images

    go1.jpg

    images
    images
    images

    उक्त कार्यक्रममा अंसख्या रक्तदाताहरुले सहभागी  भए पनि  ६७ जना रक्तदाताहरुले आफ्नो स्वच्छ रक्तदान गरेका छन्।कार्यक्रमलाई सफल बनाउनको निम्ति गोरखा सेवा समाज कतार सङ्ग  समन्वय गरि नेपाल रेडक्रस सोसाइटी जिल्ला उप(शाखा पालुङटारका सभापति श्री कृष्ण प्रसाद सोडारी रआवस्यक किड्स तथा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गोरखा साथै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, चितवनले सहयोग गरेका थिए।

    go2.jpg

     त्यसै गरि  कार्यक्रमको लागि कतारबाट नेपालमा समन्वय गरि गोरखा सेवा समाजका संस्थाका संरक्षक श्री रामजी खत्री र सल्लाहकार श्री बिमल न्यौपानेले  समन्वय गरेका थिए।कार्यक्रम सम्पन्न पश्चात् सम्पूर्ण रक्तदाता लगायत कार्यक्रमलाई सफल बनाउन लागि पर्ने टिम लाई गोरखा सेवा समाज कतारले धन्यबाद ज्ञापन गरेको छ।

    प्रकाशित मिति :भाद्र २२, २०८२ आइतवार - १०:३०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको