२६ भदौ काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि फेरी युवाहरु विरोध सुरु भएको छ । अब आउने अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु हुदैन भन्दै विरोधमा उत्रिएका हुन् ।
जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको युवाहरुको भनाइ छ । जंगीअड्डा अगाडि युवाहरुले आक्रोश व्यक्त गरेका हुन् । दुई दिन सम्म जेन जी समूहले गरेको आन्दोलनले देशमा भएको सबै सरकारी कार्यालय अगजनी गर्दै अहिले नेपाल सरकार बिहिन भएको छ ।
हिजो देखि सरकार प्रमुख कसलाई बनाउने कुरामा नेपाली सेनाको मुख्यालय जंगीअड्डामा छलफल चलि रहेको छ । उक्त कुरा सहमतिमा नआउदा युवाहरुले छिटो भन्दा छिटो निर्णय दिन आग्रह गरेका छन् । अहिले नेपाली सेनाले मुख्यालय जंगीअड्डामा धेरै भिडभाड नगर्न माइकिङ गरि रहेको छ ।