२७ भदौ काठमाडौँ । नेपाली सेनाले कर्फ्यू खुलाएसँगै शुक्रबार बिहानै देखि सडकमा चहलपहल बढ्न थालेको छ ।
शुक्रबार गौशाला, बत्तीसपुतली, सेतोपुल, डिल्लीबजार, एयरपोर्टलगायतका क्षेत्रहरुमा बिहानैदेखि सर्वसाधारणको चहलपहल बाक्लिन थालेको हो ।ती ठाउँसँगै अन्य मुख्य सहरका चोक र सडकहरुमा निजी सवारीसाधनहरु निर्वाध चलिरहेका छन् ।
सेनाले अत्यावश्यक कामका लागि बाहिर जान दिएको सर्वसाधारणले बताएका छन् ।कर्फ्यूका बेला अत्यावश्यक सेवाहरु एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न तथा ग्यास, दूध, तरकारी, पानी र सञ्चार प्रदायक कम्पनीका सवारीसाधनलाई कुनै रोकतोक छैन् ।