Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु

दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु

जोईन खबर

२९, भाद्र २०८२
  • 652
    SHARES
  • दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे  सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु

    २९ भदौ काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो ।

    images

    मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिसहित सहभागी छन् ।

    images
    images
    images

    छलफलका क्रममा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन, अग्रिम टिकट बुकिङ लगायतका विषयमा छलफल हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । यसअघि यातायात व्यवसायीले भाडादर समायोजनको विषय पनि उठाउँदै आएका थिए । 

    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - ११:०३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको