३० भदौ काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि जेनजी समुहले नाराबाजी गरेका छन् । उक्त नाराबाजी जेनजी पुस्ताका संयोजक सुदन गुरुङको समूहले मध्यराति प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शन गरेका थिए । सुशिला कार्कीलाई शुक्रबार ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
अहिले उनीहरुले आफूहरुसँग सल्लाह नै नगरिकन अन्तरिम सरकारको मन्त्री छनोट गर्न लागेको भन्दै उनीहरुले हिजो राति विरोध गरेका हुन्।प्रधानमन्त्री कार्कीले आइतबार ओम प्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार बाहिरिएपछि उनीहरु आक्रोशित भएर विरोध गरेका हुन् ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका परिवारका सदस्यसमेत सहभागी प्रदर्शनमा उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘पीडित परिवारलाई न्याय दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए। उनीहरुले आन्दोलनमा मृत्यु भएका लासको व्यवस्थापन र परिवारको माग सम्बोधन नभएको जनाएका छन्।केही युवाले गुरुङका गतिविधिप्रति उनकै अगाडि आक्रोश व्यक्त गरे। प्रदर्शनमा जेन्जीको आन्दोलन हाइज्याक भएको भन्दै दिउँसो पनि गुरुङको पत्रकार सम्मेलनमा पनि विरोधसहित हात हालाहाल भएको थियो ।