Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज दशौं संविधान दिवस

आज दशौं संविधान दिवस

जोईन खबर

३, आश्विन २०८२
  • 595
    SHARES
  • आज दशौं संविधान दिवस

    ३ असोज काठमाडौँ ।  विगतका वर्षहरुमा भव्यताका साथ मनाउने गरिएको संविधान दिवसको यो बर्षको आज दशौं संविधान दिवसमा विभिन्न कार्यक्रम गरि  मनाउने भएको छन् । सरकारले औपचारिकताको लागि सामान्यरुपमा मनाउंदैछ भने जेन जी आन्दोलनपछि थला परेका राजनीतिक पार्टीहरुले भने संविधान दिवसलाई फेरि उठ्ने प्रणसहित मनाउंदै छन् ।

    images

    सरकारले जेनजी आन्दोलनका क्रममा धेरै युवाहरूले बलिदानी दिएको र धेरै घाइते भएको अवस्थामा उत्सव मनाउन नसकिने भन्दै सरकारले सामान्य रूपमा संविधान दिवस मनाउने तयारी गरेको छ ।

    images
    images
    images

    यस अघि तत्कालिन केपी ओली सरकारले साताव्यापी कार्यक्रमसहित भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको थियो । तर, केही दिन अघिको जेनजी आन्दोलनले सरकार फेरिएपछि संविधान दिवस पनि पहिलेको भन्दा ओझेलमा परेको छ ।

    सरकारले सुरक्षाको अवस्था र शोकको परिवेशलाई ध्यानमा राख्दै सबै जिल्लामा सांकेतिक कार्यक्रम मात्र गर्ने भएको छ ।

    नेपाली सेनाले पनि सामान्य रुपमा संविधान दिवस मनाउने तयारी गरेको छ।देशमा भएको उक्त घटनापछि पहिलो औपचारिक गर्न लागेका उनीहरुले संविधान दिवसलाई पार्टीलाई शसक्त बनाउने प्रण गर्ने दिनको रुपमा मनाउने तयारी गरेका छन् ।

    उता, विगतका वर्षहरुमा जस्तै संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ ।  

    प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - १५:०४:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको