Logo

बुधवार, कार्तिक १२ गते २०८३

जेनजी आन्दोलनबाट संस्कृति तथा पर्यटन मन्त्रालय तोडफोड वा आगजनीबाट जोगाए  सचिव सुवेदीले

जेनजी आन्दोलनबाट संस्कृति तथा पर्यटन मन्त्रालय तोडफोड वा आगजनीबाट जोगाए  सचिव सुवेदीले

जोईन खबर

३, आश्विन २०८२
  • 1.5K
    SHARES
  • जेनजी आन्दोलनबाट संस्कृति तथा पर्यटन मन्त्रालय तोडफोड वा आगजनीबाट जोगाए  सचिव सुवेदीले

    ३ असोज काठमाडौँ । सरकारले देशमा ठूलो भष्ट्रचारीको काम गर्दै  आएको भन्दै जेनजी समूहले  आन्दोलन गरेका थिए । उक्त आन्दोलन भदौ २३ गते बाट सुरु भएको हो । जेनजी आन्दोलनबाट देशभरका सरकारी संरचना पूर्ण रुपमा क्षेती भएको थियो । यस जेनजी आन्दोलनले बागमती प्रदेशका अधिकांश मन्त्रालयका भवन ध्वस्त  भएका छन् ।

    images

    आन्दोलनका क्रममा भदौ २३ गते सामान्य रुपमा आन्दोलन भए पनि आन्दोलन गरेको केही समय पछि सरकार तर्फबाट गोली चल्न थाले पछि केही आन्दोलनकारीको मृत्यु भएको थियो । त्यस मृत्यु पछि जेनजी आन्दोलन देशभर ठूलो रुपमा चर्किए पछि भदौ २४ गते  जेनजी आन्दोलनकारीले आगजनी गर्न सुरु गरेका थिए । बागमती प्रदेशका मन्त्रालयहरूको केही स्थानहरु खण्डहर बनेका छन् ।

    images
    images
    images

    यसै  क्रम संस्कृति तथा पर्यटन मन्त्रालयसहित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जल्नबाट जोगाउन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले यस बिषयमा ठूलो भूमिका  निभाउनु भएको थियो । सचिव सुवेदीका अनुसार संस्कृती तथा पर्यटन मन्त्रालयमा कुनै पनि किसिमको तोडफोड वा आगजनी भएन ।

    सचिव सुवेदीले जेनजी आन्दोलन  चर्किने संकेत देखिएलगत्तै आफुले मन्त्रालयको बोर्ड तथा प्रयोगमा रहेका सबै सवारीसाधन तत्काल सुरक्षित स्थानमा सार्न लगाएपछि मन्त्रालय क्षति हुनबाट जोगिएको सचिव सुवेदीले बताउनु भयो । उक्त घटना हुदा देशभर ३ दिन सम्म कुनै पनि भएन् । तर बागमती प्रदेशका मन्त्रालयहरूमा आइतबारदेखि नै कार्यालयको कामकाज सुरु गरिएको सचिव सूवेदीले जानकारी  दिनु भयो । जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण बागमती प्रदेश सरकारको ७ वर्षे तथ्याङ्क तथा संरचना खरानी बनेका छन् । मन्त्रालयका कोठादेखि महत्त्वपूर्ण विवरण सहितका कागजातहरू जलेर नष्ट भएका छन् ।

    प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - १५:३२:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको