Logo

बुधवार, कार्तिक १२ गते २०८३

जेनजी प्रदर्शनमा कालिमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

जेनजी प्रदर्शनमा कालिमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

जोईन खबर

६, आश्विन २०८२
  • 487
    SHARES
  • जेनजी प्रदर्शनमा कालिमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

    ६ असोज काठमाडौँ । जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खडका उर्फ गोल्डेन छन् ।

    images

    ३८ वर्षीय खडकाले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ । प्रदर्शनको समयमा आगजनी गरेपछि उनी थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।

    images
    images
    images

    खडका आफ्नो घर रहेको काठमाडौँ– १३ को वडा कार्यालय पनि आगजनी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सोल्टिमोडस्थित वडा कार्यालय आगजनी गर्ने समूहको नेतृत्व पनि उनले नै गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

    आगजनी र लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :आश्विन ६, २०८२ सोमवार - ११:१७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको