Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालका नवनियुक्त ऊर्जा मन्त्री र  बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता 

 नेपालका नवनियुक्त ऊर्जा मन्त्री र  बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता 

जोईन खबर

७, आश्विन २०८२
  • 610
    SHARES
  •  नेपालका नवनियुक्त ऊर्जा मन्त्री र  बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता 

    ७ असोज काठमाडौँ । नेपालका नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    images

    भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    भेटमा मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताए। बेलायत—नेपालको पूरानो मित्र भएकाले नेपालको सफलता आफ्नो देशको सफलता भएको उल्लेख गर्दै राजदूत फेनले नेपलाको आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - १५:००:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको