Logo

बुधवार, कार्तिक १२ गते २०८३

पत्रकार घिमिरेमाथि ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघले कडा कारबाही गर भन्दै विज्ञप्ति

पत्रकार घिमिरेमाथि ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघले कडा कारबाही गर भन्दै विज्ञप्ति

जोईन खबर

२२, आश्विन २०८२
  • 478
    SHARES
  • पत्रकार घिमिरेमाथि ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघले कडा कारबाही गर भन्दै विज्ञप्ति

    २२ असोज काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्की आएको भन्दै आज एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।

    images

    आज एक प्रेस विज्ञप्तिमार्फत शाखाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्बन्धी समाचार प्रसारण भएपछि बालेनका भिनाजु बताउने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको बताएको छ ।

    images
    images
    images

    शाखाका सचिव रमेशकुमार बोहोराले बुधबार प्रकाशित विज्ञप्तिमा भनेका छन्  “यो कुनै व्यक्तिगत रिसइबी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो, जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ ।

    समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - ११:४५:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको