Logo

बुधवार, कार्तिक १२ गते २०८३

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

जोईन खबर

२३, आश्विन २०८२
  • 538
    SHARES
  • खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

    २३ असोज काठमाडौँ । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाउनु भयो ।

    images

    विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू १९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।

    images
    images
    images

    2 (3).jpeg

    विभागले २०८१ चैत्र १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौं सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो ।यस्तै महिला क्रिकेटको उमेरसमुह अन्तर्गत यु १९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।

    प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - १४:५८:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको