Logo

बुधवार, कार्तिक १२ गते २०८३

शहीद परिवारले सरकार संग तीनवटा मन्त्रालयको माग 

शहीद परिवारले सरकार संग तीनवटा मन्त्रालयको माग 

जोईन खबर

२४, आश्विन २०८२
  • 607
    SHARES
  • शहीद परिवारले सरकार संग तीनवटा मन्त्रालयको माग 

    २४ असोज काठमाडौँ । जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरूरी भएको बताए।शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेको गुनासो गरे ।

    images

    चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे।

    images
    images
    images

    जेनजी शहीद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २४, २०८२ शुक्रवार - १५:४७:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको