Logo

बुधवार, कार्तिक १२ गते २०८३

आईसीसी टी–२० विश्वकपमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० विश्वकपमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

जोईन खबर

२६, आश्विन २०८२
  • 577
    SHARES
  • आईसीसी टी–२० विश्वकपमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

    २६ असोज काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो ।

    images

    शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् ।

    images
    images
    images

    सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ ।

    सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।

    प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - ११:४५:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको