२६ असोज काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगाले आफू जेनजी आन्दोलनको क्रममा नभागेको बताएका छन् ।आइतबार साँझ उनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनलाई सञ्चारकर्मीले ‘भगौडा’ को आरोप लागेको बताउँदै ‘नैतिकताले तपाईंलाई नेतृत्वमा आउन दिन्छ भन्दै प्रश्न गरेका थिए ।
जवाफका क्रममा उनले आफू एउटामात्रै समूहमा नभएको र त्यो दिन आफूमाथि ज्यान मार्ने धम्की समेत आएको जिकिर गरे ।म भगौडा होइन । आन्दोलनमै बसेको हो । मेरो ज्यानमाथि धेरै धम्की आयो । मेरो एउटा मात्रै समूह थिएन,’ उनले भने ।साथै, आफू प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा बाचुञ्जेल नछाड्ने जिकिर गरे ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा म बाचुञ्जेल छाड्नेवाला छैन । सडकको तातो मन्त्रिमण्डलमा जानैपर्छ । यसमा दुईमत छैन । अस्ति ४ जना सिफारिस हुनुभयो । सडकको आगो मन्त्रिमण्डलमा हुनैपर्छ भने भनाई राखेका थिए ।