Logo

बुधवार, कार्तिक १२ गते २०८३

बारपाक सुलिकोट गाउँपालिका वडा न १ र २ मा राष्ट्रिय परिचयपत्र शिविर सुरु

बारपाक सुलिकोट गाउँपालिका वडा न १ र २ मा राष्ट्रिय परिचयपत्र शिविर सुरु

जोईन खबर

२८, आश्विन २०८२
  • 673
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिका वडा न १ र २ मा राष्ट्रिय परिचयपत्र शिविर सुरु

    २८ असोज काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दुई दिने राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको छ । पालिकाले छुटेकाहरुका लागि दोस्रो चरणमा स्थानीय गाउँमै राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम सञ्चालन गरेको पालिका कार्यपालिका सदस्या तथा पालिका प्रवक्ता जित बहादुर नेपालीले बताए ।

    images

    गाउँपालिकाको वडा नं १ र २ मा पर्ने बारपाक गाउँमा  आज असोज २८ र २९ गते गरी दुई दिनसम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। आजबाट सुरु गरिएको उक्त शिविरमा स्थानीयवासीले घरदैलोमै पुगेर राष्ट्रिय परिचयपत्र बनाउन सक्ने भएका छन्।

    images
    images
    images

    गाउँपालिकाले गाउँमै सेवा पु¥याउने उद्देश्यले दोस्रो चरणको परिचयपत्र कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनु भयो । स्थानीयहरूले यस अभियानले समय र खर्च दुबै बचत हुने बताएका छन् भने गाउँपालिकाले सबै नागरिकलाई शिविरमा उपस्थित भई आफ्नो विवरण अद्यावधिक गर्न आग्रह समेत गरेको छ।

    561354120_815670920930135_9049491457309464959_n.jpg 561780795_815671010930126_8677562543509549697_n.jpg

    565116223_815670810930146_4981035111949898280_n.jpg

    प्रकाशित मिति :आश्विन २८, २०८२ मंगलवार - १३:१६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको