२९ असोज काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग का लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड लाई हाम्रो इन्स्योरेन्स पार्टनरको रूपमा घोषणा गर्न पाउँदा अत्यन्त खुसी छ। उत्कृष्टताप्रति प्रतिबद्ध रहेको ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।हामी यस सिजनलाई सफल बनाउने लक्ष्यका साथ अघि बढ्ने छौँ र आगामी सिजनहरूमा पनि आपसी समझदारीका आधारमा यस साझेदारीलाई निरन्तरता दिने अपेक्षा राख्छौँ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री भन्नुभयो, आज हामीले नेपाल प्रेमिएर लिगको दोस्रो संस्करणको लागिसुदुरपस्चिम रोयल्ससंग सहकार्य गरेका छौ, यो सहकार्य अगिल्लो संस्करणमा पनिथियो , दोस्रो संस्करणको लागि पनि रहयो र आगामी दिनमा पनि रहने छ भन्ने प्रतिबद्दता कायम राख्छ। इन्स्योरेन्सले हाम्रो ग्राहकबर्गहरुको रिस्कलाइ इन्स्योर गरेको हुन्छ भने खेलाडी भनेको रास्ट्रको गौरब हो र हामीहरुले उहाहरुलाई इन्स्योर गर्छौ र उहाहरुलाई फ़िअरलेस्ली खेल्नको लागि आग्रह पनि गर्छौ।
आसा राख्दछौ यसपाली कप हाम्रो टिममा आउने छ भन्दै शुभकामना पनि दिन चाहन्छु। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भन्नुभयो, सलिकोले विगतदेखि नै क्रिकेटलाई निरन्तर साथ दिँदै आउनुभएको छ। सलिकोजस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो।उहाँको यो सहभागिताले ल्एी लाई अझ उचाइमा पुर्याउनेछ, र थप व्यवसायिक संस्थाहरूलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरणा दिनेछ। नेपालभर १०० भन्दा बढी शाखाहरु भएको र ग्राहकहरुलाई व्यक्तिगत तथा कर्पोरेट बिमाहरुको बृस्तृत दायराबाट सेवा प्रदान गर्दै आएको अग्रणी जीवन बिमा कम्पनी। र ठूलो समर्थक समुदाय भएको हाम्रो फ्रेन्चाइजबीचको यो सहकार्य निकै उपयुक्त भएको छ। मार्फत हामी सलिको ब्रान्डलाई अझ उचाइमा पुर्याउन प्रतिबद्ध छौँ।