३१ असोज काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयका गणित शिक्षकहरूलाई पाँचदिने पुनर्ताजगी तालिम दिएको छ । गाउँपालिका अन्तर्गतका आधारभूत तथा माध्यमिक तहका गणित विषयका शिक्षकहरूका लागि सञ्चालन गरिएको पाँचदिने पुनर्ताजगी तालिम हिजो सम्पन्न भएको हो ।

उक्त ५ दिनते तालिम गण्डकी तालिम केन्द्र तनहुँका शाखा अधिकृत राजकुमार विष्टको प्रशिक्षणमा उक्त तालिम बारपाक सुलिकोट गाउँपालिका–५ ताकुकोटस्थित सूर्य ज्योति माध्यमिक विद्यालयमा मिति २०८२ असोज २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको हो। तालिममा गाउँपालिकाभरिका गणित विषयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य शिक्षकहरूलाई गणित शिक्षणमा नयाँ प्रविधि र विधिहरूमा अभ्यस्त गराउने रहेको बताइएको छ। तालिमका प्रशिक्षक विष्टले यस्तो पुनर्ताजगी तालिमले शिक्षकहरूको शिक्षण कौशलमा सुधार ल्याउने र विद्यार्थीको सिकाइ स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाले आगामी दिनमा अन्य विषयका शिक्षकहरूका लागि पनि यस्तै किसिमका तालिम सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ।


