Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखामा प्रहरीले २० किलो पटका बरामद

गोरखामा प्रहरीले २० किलो पटका बरामद

जोईन खबर

२, कार्तिक २०८२
  • 658
    SHARES
  • गोरखामा प्रहरीले २० किलो पटका बरामद

    २ कार्तिक काठमाडौँ । गोरखामा प्रहरीले करिब २० किलो पटका बरामद गरेको छ। आगामी तिहार पर्वलाई लक्षित गर्दै प्रहरीले गोरखा बजारका विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उक्त परिमाणको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो।

    images

    प्रहरीका अनुसार तिहार नजिकिँदै गर्दा बजार क्षेत्रमा अवैध रूपमा पटका बिक्री वितरण हुन नदिन नियमित अनुगमन र निगरानी बढाइएको छ। बरामद गरिएका पटका आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पटका बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो ।

    images
    images
    images

    शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनः पटका राख्ने तथा पट्काउने गरे नगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ ।त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - ११:२९:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको