Logo

बुधवार, कार्तिक १२ गते २०८३

 आज लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन 

 आज लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन 

जोईन खबर

३, कार्तिक २०८२
  • 535
    SHARES
  •  आज लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन 

    ३ कार्तिक काठमाडौँ । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदनि परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो ।आज दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।

    images

    आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ ।आज घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

    images
    images
    images

    दीपावली गरिसकेपछि धनधान्य र संमृद्धिकी देवी लक्ष्मीको पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी, मिठाई, फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।यसरी आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको पाइन्छ । आज राती संमृद्धिको देवी लक्ष्मी धर्तीमा विचरण गर्न आउने र आशिस दिएर फर्किने विश्वास छ ।

    प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - ११:००:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको