Logo

बुधवार, कार्तिक १२ गते २०८३

कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानमा  ६ वटै फ्लडलाइट टावर तयारी

कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानमा  ६ वटै फ्लडलाइट टावर तयारी

जोईन खबर

३, कार्तिक २०८२
  • 598
    SHARES
  • कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानमा  ६ वटै फ्लडलाइट टावर तयारी

    ३ कार्तिक काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयको परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ।फ्लडलाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको हो ।

    images

    रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०र३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ।

    images
    images
    images

    पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राख्ने काम सुरु हुने जनाइएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए।

    दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल)भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ।

    प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - १२:४५:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको