९ कार्तिक काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
प्रधानन्न्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् ।स्रोतका अनुसार सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको अदालत स्रोतले बताएको छ ।
यसअघि पनि सरकारका प्रतिनिधिहरूले निरीक्षण गरेका थिए ।बुधबारदेखि सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।