Logo

बुधवार, कार्तिक १२ गते २०८३

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका गुरुङ पक्राउ 

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका गुरुङ पक्राउ 

जोईन खबर

११, कार्तिक २०८२
  • 484
    SHARES
  • जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका गुरुङ पक्राउ 

    १० कार्तिक काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका एक पक्राउ परेका छन् । गत भदौ २३ र २४ गते भएको काठमाडौँ लगायत विभिन्न जिल्लामा  भएको आन्दोलनमा विभिन्न व्यक्तिहरको मृत्यु भएको थियो ।

    images

    उक्त घटनामा भदौ २४ गते महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गोरखाका २१ बर्षका सोम गुरुङसहित १० जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।यस घटनामा प्रहरीले तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, रामेछापका १६ वर्षीय दीपक मगर र अनुपम भण्डारीलाई पनि पक्राउ  गरेको छ ।

    images
    images
    images

    काभ्रेको २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरका २१ वर्षीय बुद्धिलाल थिङ जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परी कारागार चलान भएका छन् ।प्रहरीले सिन्धुपाल्चोकका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम विकले असई रायको हत्या  गरेको कारागारमा जनाएको छ ।

    उनीहरुमाथि अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । हत्या गरिरहेको भिडिओका आधारमा प्रहरीले पक्राउ गरेको हो । यसअघिका चारै जना आरोपीले प्रहरीको हत्या गरेको स्वीकार गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - १०:१९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको