१३ कार्तिक काठमाडौँ । उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमणका क्रममा माथिबाट खसेको ढुंगा लागेर एक पर्यटक घाइते भएका छन् । आज बिहान सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ५ बुरको पहिरोमा ढुंगाले टाउकोमा लागेर पर्यटक मिनु इन्द्र लम्साल गम्भीर घाइते भएका छन् ।
लम्सालको बिही स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको स्वास्थ्य कर्मी छिरिङ खाम्डो लामाले जानकारी दिइन् ।
घाइतेको टाउकोमा धेरै गहिरो चोट लागेको उनले बताइन् ।घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरे पनि मौसम प्रतिकूल भएका कारण उद्धार हुन नसकेको छैन् ।
सो टोलीमा घाइते ४४ बर्षका मिनु इन्द्र लम्साल, विशाल लम्साल र दीपेन्द्र न्यौपाने रहेका थिए ।