Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाका समाजसेवी नवराज अम्गाईद्वारा पाँच लाख पचास हजार बराबरको नौमती पञ्चेबाजा हस्तान्तरण

गोरखाका समाजसेवी नवराज अम्गाईद्वारा पाँच लाख पचास हजार बराबरको नौमती पञ्चेबाजा हस्तान्तरण

जोईन खबर

१७, कार्तिक २०८२
  • 3.4K
    SHARES
  • गोरखाका समाजसेवी नवराज अम्गाईद्वारा पाँच लाख पचास हजार बराबरको नौमती पञ्चेबाजा हस्तान्तरण

    १६ कार्तिक काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका वडा –८ बुङ्गकोटका समाजसेवी, वरिष्ठ पर्यटन व्यवसायी तथा सामाजिक अभियान्ता नवराज अम्गाईले पाँच लाख पचास हजार रुपैयाँ बराबरको नौमती पञ्चेबाजा हस्तान्तरण गरेका छन् ।  अम्गाईले सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि पाँच लाख पचास हजार रुपैयाँ बराबरको नौमती पञ्चेबाजा विभिन्न समूहहरूलाई हस्तान्तरण गरेको एक स्थानियले बताए । अम्गाईले प्रदान गर्नुभएको पञ्चेबाजा पूर्व सुरक्षाकर्मी परिषद् नेपाल सहिदलखन–८ का पदाधिकारी टिम, कुवापानी आमा समूह र मैलुङ दलित महिला समूहलाई हस्तान्तरण गरिएको हो।

    images

     

    images
    images
    images

    Screenshot 2025-11-03 113748.jpg                               वरिष्ठ पर्यटन व्यवसायी तथा सामाजिक अभियान्ता नवराज अम्गाई

    सामाजिक सेवामा सक्रिय अम्गाईले कुनै पनि समुदायप्रति पक्षपात नगरी सहयोग गर्ने परम्परा कायम गर्दै आउनुभएको छ। सहिद लखन गाउँपालिका अर्का बरिष्ठा समाजसेवी उत्तर कुमार श्रेष्ठले मठ–मन्दिर निर्माण, बिरामीको उपचारका लागि चन्दा संकलन, विपन्न परिवारको सहयोग तथा कोभिड महामारीका कठिन समयमा संक्रमित भएर पनि जनसेवामा निरन्तर सक्रिय भूमिका निभाउदै आउनु भएको छ ।

    9bb6df85-a764-446e-8eeb-2a60f9271d6f.jpeg

    समाजसेवी श्रेष्ठले विभिन्न विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई स्कुल ड्रेस र अध्ययन सामग्री वितरण गर्दै गाउँको नाम देशभर उजागर गराउन योगदान पुर्‍याउँदै आउनुभएको छ।उक्त कार्यक्रमको समन्वय र सहकार्य स्थानीय समाजसेवीहरू उत्तर कुमार श्रेष्ठ, अमृत बाबु श्रेष्ठ, संकल्प श्रेष्ठ, अमृत श्रेष्ठ (दारी) र निशा अम्गाईले गर्नुभएको थियो।स्थानीयवासीहरूका अनुसार नवराज अम्गाईको यो कार्यले गाउँमा सामाजिक एकता, सांस्कृतिक संरक्षण र सेवामुखी भावनालाई थप सुदृढ बनाएको छ।9b5c9fc0-e276-4b7b-afb6-aa065fd0112e.jpega046b0c1-17f4-4b73-ab3c-62563d5986d1.jpeg

    Screenshot 2025-11-03 113811.jpg

    प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - ११:२७:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको