Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा ताकुकोट सेवा समाज काठमाडौँ र माइ भगवाती मन्दिरको पूजा समितिद्वारा ताकुकोटको न्वागी पर्व मेला भव्या रुपमा मनाइने, राष्ट्रिय लोकगायक–लोकगायिकाहरूको विशेष प्रस्तुति रहने

गोरखा ताकुकोट सेवा समाज काठमाडौँ र माइ भगवाती मन्दिरको पूजा समितिद्वारा ताकुकोटको न्वागी पर्व मेला भव्या रुपमा मनाइने, राष्ट्रिय लोकगायक–लोकगायिकाहरूको विशेष प्रस्तुति रहने

जोईन खबर

२०, कार्तिक २०८२
  • 2.7K
    SHARES
  • गोरखा ताकुकोट सेवा समाज काठमाडौँ र माइ भगवाती मन्दिरको पूजा समितिद्वारा ताकुकोटको न्वागी पर्व मेला भव्या रुपमा मनाइने, राष्ट्रिय लोकगायक–लोकगायिकाहरूको विशेष प्रस्तुति रहने

    २० कार्तिक काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका –६, ताकुकोटमा यस वर्ष पनि परम्परागत न्वागी पर्व मेला भव्य र सांस्कृतिक रूपमा मनाइने भएको छ। गोरखा ताकुकोट सेवा समाज, काठमाडौं र माइ भगवती मन्दिरको पूजा समितिको संयुक्त आयोजनामा हुने यस वर्षको मेला मङ्सिर १ गते २०८२ साल ताकुकोटस्थित माइ भगवती मन्दिर परिसरमा आयोजना गरिने तयारी गरिएको छ। उक्त पर्व यही कार्तिक ३० गते बेलुका र मंसिर १ गते दिउसो मनाईने   तयारी भएको छ ।  यस पर्व ताकुकोट र आसपासका  वडाहरू मिलेर हरेक वर्ष धुमधाम रुपमा मनाइने न्वागी पर्व यो वर्ष यही कार्तिक ३० गते बेलुका र मंसिर १ गते दिउँसोमा परेको छ ।

    images

    न्वागी पर्वको अवसरमा ताकुकोटको वडा नं ६ कोटथोकमा रहेको  प्रसिद्ध धार्मिक स्थल श्रीमाई भगवती मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । यस पर्वमा अघिल्लो दिन निराहार बसी रातभर मन्दिरमा पूजा गर्ने तथा बत्ति बाल्ने गरिन्छ भने भोलि पल्ट बिहान साइत हेरेर न्वागी खाने काम गरिन्छ । प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी माइ भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने गर्द छन्  । सोहि पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने दिन जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धानको एक गाँज पुजा गरी उक्त धानको गाँज काटी घरमा ल्याउने चलन हो ।

    images
    images
    images

    यसरी विभिन्न रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धान काट्ने गरिन्छ । यसरी काटिएको नयाँ धान कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ दहि चामल खाने गरिन्छ । यसरी खाइने दहि चामललाई ‘न्वागी खाने’ भन्ने चलन छ ।दहि चामल खाने दिन दिउसो मन्दिरमा बोकाको बलि सहित विशेष पुजा एवं होम गर्ने तथा ठुलो मेला लाग्ने गर्दछ । ताकुकोटको न्वागी मेला ठ्याक्कै कहिले सुरु भयो भन्ने यकिन तथ्याङ्क नभए पनि माइ भगवती को उत्पत्ति संगसंगै करिब ४००/५०० वर्ष पहिले देखि न्वागी पर्वको थालनी भएको र सो पर्वमा मेला लाग्ने गरेको स्थानिय नल प्रसाद सुवेदी बताउनु भयो  ।

    यो पर्व सामाजिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहदै आएको छ । पर्वको अवसर पारी मन्दिर परिसरमा लाग्ने मेलामा ताकुकोट वडा न ६ त्यसै नजिकै जोडीएको पहिला गाविसा थियो , भने अहिले २०७४ को निर्वाचन पछि स्थानिय सरकार भए संगै गाउँपालिका भए पछि वडा न ६ घोषण गरिएको  छ ।यसका साथै  गाउँपालिका  वडा न  ४ सौरपानी ,वडा न ३ स्वाँरा ,वडा न ५ ताकुमाझ लाकुरीबोट, वडा न ७ देउराली, वडा न ८ पन्द्रुङ सहित अन्य सिमाना सँग जोडीएको गाउँपालिका छन्, । जस्तै भिमसेनथापा गाउँपालिका मसेल, सिरनचोक गाउँपालिका  जौवारी र गाँखु, अजिरकोट गाउँपालिका श्रीनाथकोट र सिम्जुङ सम्म नागरिकहरू आउने गरिन्छ । छिमेकी गाउँपालिका वा वडाबाट हजारौ भक्तजनहरु आउने गर्दछन् ।

    गोरखा ताकुकोट सेवा समाज काठमाडौँका सचिव होम नारायण श्रेष्ठका अनुसार हरेक बर्ष जस्तै यो वर्ष पनि न्वागी पर्व मेलामा राष्ट्रिय स्तरका लोकगायक सागर गुरुङ, सन्जय गुरुङ, पवन गुरुङ, तथा लोकगायिका अस्मिता डल्लाकोतीको बेजोड प्रस्तुति रहने बताउनु भयो । उक्त कार्यक्रममा स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक नृत्य, परम्परागत बाजागाजा,पाउँरे,मादी बाल्ने,मारुनी,लोक नाँच, स्थानिय उत्पादन बिक्री,तथा नयाँ धानको पूजा (न्वागी) जस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमहरू प्रमुख आकर्षण ।मेलामासंस्था अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनु भयो ।

    विभिन्न समुदायको पहिचान झल्कने झाँकीका साथमा जातिय पहिचान बोकेको सोरठी, चुड्का, भजन, झ्याउरे लगायतका नाचहरु देखाउने  तयारी गरिएको संस्थाका महासचिव धिरज उपरकोटीले बताउनु भयो । यस बर्षको पर्वमा माई भगवाती पूजा समिति स्थानियहरु तथा गोरखा ताकुकोट सेवा समाज काठमाडौँको  सहकार्यमा भव्य कार्यक्रम हुने संस्थाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले  बताउनु भयो ।यो पर्वलाई ताकुकोट बासीहरुले पराम्परा अनुसार र्नै हर्षोल्लाष पुर्ण ढंगले धुमधाम पुर्वक मनाउने तयारी गरि उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । आयोजकहरूले ताकुकोट तथा आसपासका बासिन्दा, काठमाडौंमा रहेका ताकुकोटे समुदाय, साथै सबै श्रद्धालुहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रण समेत गरेका छन्।

    प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - २३:०३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको