Logo

बुधवार, कार्तिक १२ गते २०८३

लमजुङमा जिप ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

लमजुङमा जिप ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

जोईन खबर

२१, कार्तिक २०८२
  • 589
    SHARES
  • लमजुङमा जिप ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    २१ कार्तिक काठमाडौँ । लमजुङको क्व्होलासोथार गाउँपालिका–१, बाग्लुङपानीमा बोलेरो जिपको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ।घलेगाउँबाट बेंसीसहरतर्फ आउँदै गरेको ग १ ज ६३०६ नम्बरको बोलेरो जिपले शुक्रबार बिहान करिब ९ बजे बालिका नेरिमा तामाङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    images

    ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल पुर्‍याइए पनि बिहान १०ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    images
    images
    images

    घटनापछि प्रहरीले जिप चालक बेंसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए।बालिकाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - १६:३३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको