Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुलिकोट  बहुउद्देश्यीय सहकारी संस्थाको पॅाचौ बार्षिक साधारण सभा कार्तिक २९ गते बारपाकमा हुने

सुलिकोट  बहुउद्देश्यीय सहकारी संस्थाको पॅाचौ बार्षिक साधारण सभा कार्तिक २९ गते बारपाकमा हुने

जोईन खबर

२४, कार्तिक २०८२
  • 709
    SHARES
  • सुलिकोट  बहुउद्देश्यीय सहकारी संस्थाको पॅाचौ बार्षिक साधारण सभा कार्तिक २९ गते  बारपाकमा हुने

    २१ कार्तिक काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा रहेको सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पॅाचौ वार्षिक साधारण सभा यहि  आउदो  कार्तिक २९ गते हुने भएको छ । संस्थाले यही मिति  २०८२ असोज २७ गते का दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको पाँचौ बार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा बस्ने निर्णय गरेको हो । सुलिकोट  बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा कार्तिक २९ गते बारपाक सेवा केन्द्र बारपाकमा  बिहान ९ बजे हुने भएको छ । बारपाक सुलिकोट गाउँपालिका भित्रको सबै सेवा केन्द्रलाई बारपाकमा उपस्थिति हुना संस्थाले  आग्रह  गरेका छन् । वार्षिक साधारणसभामा विभिन्न प्रस्ताव र विषयमाथि छलफल गर्ने पनि  संस्थाले जनाएको छ।

    images

    साधारणसभामा संस्थाको संञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन प्रस्तुतगर्ने, छलफल गरि पारित गर्ने ,अनुमोदन सम्बन्धमा वार्षिक प्रगति प्रतिवेदन,अध्यक्षज्यूको आर्थिक वर्ष  २०८१ र ८२ को  लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने  भएको हो । यसै गरि आर्थिक वर्ष २०८० र ०८१ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, आर्थिक वर्ष २०८१ र ८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, आर्थिक वर्ष २०८१ र ८२ को कोषाध्यक्षको वित्तिय प्रतिवेदन प्रस्तुत छलफल र अनुमोदन, आर्थिक वर्ष २०८१ र ८२ को ऋण उप समितिको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन,आर्थिक वर्ष २०८२ र ८३ को लागि संस्थाको बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत, छलफल र अनुमोदन गर्ने , सम्बन्धमा र आर्थिक वर्ष  २०८२ र ८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा छलफल गर्ने भएको छ ।

    images
    images
    images

    यसै सभामा संस्था र गाउपालिकाबाट खरिद गरेको  कृषि एम्बुलेन्स संचालन तथा  सँस्थाको व्यवसाय (सुलभ मुल्य पसल) संचालन तथा व्यवस्थापन कार्यबिधी २०८२ अनुमोदन गर्ने सम्बन्धमा छलफल गर्ने तयारी गरिएको छ । यस संस्थाले पाँचौ बार्षिक साधारण सभामा अब आउने दिनमा नयाँ सञ्चालक समितिको  निर्वाचन समिति गठन अनुमोदन गर्ने,  संचालक समिति निर्वाचन सम्बन्धमा,सल्लाहकार समिति गठन सम्बन्धमा,लेखा तथा सुपरिवेक्षण समिति निर्वाचन सम्बन्धमा,यस साधारण सभाको निर्णय पुस्तिका प्रमाणीत गर्न शेयर सदस्य र संचालक समितिका तर्फबाट ९ जना सदस्यको मनोनयन समेत गर्ने कार्य योजना तयार गरिएको सञ्चालक समितिका सह सचिव राजन बाबु श्रेष्ठले जनाकारि दिनु भयो ।

    संस्थाको व्यवसायिक योजना सञ्चालक तौर तरिकाको छलफल र पारित शेयर सदस्य र संञ्चालक समितिका तर्फबाट  सदस्यको मनोनयन गर्ने  लगायतको प्रस्तावहरु छलफल गरिने  सहसचिव श्रेष्ठले जानकारी गराउनु भयो । सुलिकोट बहुउद्देश्यीय सहकारी संस्थाको पॅाचौ बार्षिक साधारण सभामा काठमाडौमा रहेका शेयर सदस्यहरुलाई पनि समय अनुकुल अनुसार गाडी व्यवस्था गरि बार्षिक साधारण सभामा लाने योजना सहकारीले बनाएको छ ।  
     

    प्रकाशित मिति :कार्तिक २४, २०८२ सोमवार - १२:४६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको